कुलमान घिसिङको नियुक्तिविरुद्ध रिट प्रधानन्यायाधीशको बेञ्चमा
मेरोन्यूज
२०७८ असोज ५ गते ११:३८

काठमाडौँ । सर्वोच्च अदालतमा दायर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्धको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको इजलासमा परेको छ ।
घिसिङलाई नियुक्त गरेको भन्दै सरकारविरुद्ध तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रिट दायर गरेका थिए । उक्त रिट प्रधानन्यायाधीश आफैले हेर्ने भएको हो ।
यसअघि समेत उक्त रिट प्रधानन्यायाधीश शमशेरले आफ्नै इजालसमा राख्दै आएका थिए । तर, सुनुवाइ हुन सकेको थिएन ।
निवर्तमान कार्यकारी निर्देशक शाक्यले गत साउन ३२ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा उनले आफूलाई गैरकानूनी रुपमा पदबाट हटाएको दाबी गर्दै यथावत राख्नु पर्ने माग गरेका छन् ।
सम्बन्धित









ढाकामा तनाव बढ्दो: सञ्चारगृह र पत्रकारमाथि आक्रमण
पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास
सुनको मूल्य तोलामा दुई हजारले घट्यो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया