केपी ओलीको नजरमा कुन पार्टी कस्ता ?

काठमाडौं । नेकपा (एमाले) विधान महाधिवेशनको तयारीमा छ । असोज १५ देखि १७ सम्म उसले ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने तयारी गरिरहेको छ।
महाधिवेशनमा प्रस्तुत हुने गरी एमाले स्थायी कमिटि बैठकमा अध्यष केप ीओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन र महासचिव इश्वर पोखरेलले प्रस्तुत गर्ने संगठनात्मक प्रतिवेदन आन्तरिक रुपमा छलफलका क्रममा छ ।
ओलीको दस्तावेजमा पार्टीको मुख्य अन्तरविरोध कुन शक्तिसाग भन्ने नखुलेको भनी नेताहरुले नै प्रश्न उठाईरहेका छन् । तर ओलीको राजनीतिक दस्तावेजमा नेपालका राजनीतिक पार्टीहरुको बारेमा पनि चित्रण गरिएको छ ।
ओलीले एमालेको कुन पार्टीसाग कस्तो सम्वन्ध रहने कुराको बारेमा पनि प्रतिवेदनमा उल्लेख गरेका छन् ।
ओलीको नजरमा कुन दल कस्ता र उनीहरुसँगको एमाले सम्वन्ध अव कस्तो हुन्छ भन्ने बारेमा उल्लेख गरेका छन् ।
कुन पार्टीसँग कस्तो सम्वन्ध ?
कांग्रेस मूलत नवउदारवादी र यथास्थितीबादी शक्ति । उससँग प्रतिस्पर्धा र सहकार्यको सम्वन्ध रह्ने ओलीको दस्तावेजमा उल्लेख छ । माओवादी लोकतान्त्रिक रुपान्तरण भईनसकेको शक्तिका रुपमा ओलीले चित्रित गरेका छन् । तसर्थ माओवादीसँग सहकार्य संर्घष र रुपान्तरणको नीति अवलम्वन गर्नुपर्ने ओलीले बताएका छन् ।
त्यस्तै, मधेस केन्द्रीत दलहरु तराई –मधेसका यथास्थितीवादी शक्ति हुन् उनीहरु राष्ट्रिय एकताको प्रश्नमा गलत विचार बोकिरहेको ओलीले बताएका छन् ।
ओलीले नेपाली समाज पारम्भिक प्रकतिको पुँजीवादी समाजमा बदलिएको बताएका छन् ।
उनले नेपाल विश्व रंगमञ्चमा सधैभरी स्वतन्त्र र सार्वभौम रुपमा रहदै आएको र यसलाई अर्धउपनिवेश भन्नु त्रुटि हुने उल्लेख गरेका छन् । ओलीले अव त्यस्तो पदावली प्रयोग गर्न नहुने पनि वताएका छन् ।
एमालेको नवौं महाधिवेशनपछि नै पार्टीभित्र अस्वस्थ्ता र कटुताका असर समाप्त हुन नसकेको ओलीको वुझाई छ । उनले आफनो राजनीतिक प्रतिवेदनमा २०६२/ ०६३ को आन्दोलन र जनक्रान्ति शब्द उल्लेख गरेका छन् ।










राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा ताेकिए मतदान केन्द्र
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड
गोरखामा माछा मार्न गएका एक पुरुष मृत फेला
नेपाल अफगानिस्तानसँग पराजित
प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया