गुल्मीमा घरमाथि पहिरो : जुम्ल्याहासहित तीन दिदीबहिनीको मृत्यु
मेरोन्यूज
२०७८ असोज ६ गते ७:४३

गुल्मी । गुल्मीमा पहिरोले घर भत्काउँदा घरभित्रै सुतिरहेका तीन दिदीबहिनीको मृत्यु भएको छ।
जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ८ थुम्कामा तिलक परियारको घरमाथी पहिरो खसेको हो । त्यहीक्रममा कोठामा सुतिरहेका उनका छोरीहरू २१ वर्षीया भावना परियार र १४ वर्षका जुम्ल्याहा गंगा परियार र जमुना परियारको मृत्यु भएको हो।
गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोपालचन्द्र भट्टराईले घरभित्रै सुतिरहेका तीन जना दिदीवहिनीको मृत्यु भएको पुष्टि गरे ।
‘राति १२ बजेतिर हुनुपर्छ, घरमाथिबाट पहिरो खसेर कोठा भत्किँदा भित्र सुतिरहेका चार दिदीबहिनीमध्ये जुम्ल्याहासहित तीन जनाको मृत्यु भएछ’, एसपी भट्टराईले भने, ‘एक जनालाई भने हतारहतार तानेर बचाउन सफल भएछन्।’
उनका अनुसार पहिरोले पक्की घरको एउटा कोठा मात्र भत्काएको छ । उनीहरूका बुबाआमासहित घरका अन्य सदस्य भने सकुशल छन्।
सम्बन्धित













आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला
Foreign Minister Sharma leaves for Dhaka
64 days to go for voting: 64 political parties submit closed lists for proportional representation
विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया