भक्तमानको अपहरणमा संलग्न राजेन्द्र पण्डित पक्राउ
मेरोन्यूज
२०७८ असोज ६ गते १३:१५

काठमाडौँ । बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन निर्देशक भक्तमान श्रेष्ठको अपहरणमा संलग्न गिरोहका थप एक जना पक्राउ परेका छन् । अपहरणका योजनाकार मध्येका एक राजेन्द्र पण्डित मंगलबार पक्राउ परेका हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई नुवाकोटबाट पक्राउ गरेको हो । अपहरणमा संलग्न भएका उनलाई पुनरावेदन अदालत हेटौंडाले ९ वर्षको कैद र ५० हजार रुपैयाँ जरिमानाको सजाय सुनाइएको थियो ।
तर उनी लुकिछिपी नेपाल र भारतका विभिन्न स्थानमा बस्दै आएका थिए । पछिल्लो समय नुवाकोटमा देखिएपछि प्रहरीले पक्राउ गरेको बताइएको छ । तत्कालीन निर्देशक श्रेष्ठ अस्पतालबाट घर फर्किँदै गर्दा अपहरणकारी रोहित पालिवाल र भीमसेनको समूहले ४ जेठ २०६७ मा अपहरण गरेको थियो ।
फैसला कार्यान्वयनका लागि पण्डितलाई बुधबार नै अदालतमा पेस गरिने जनाइएको छ ।
सम्बन्धित













झण्डै २४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड
दाङमा शीतलहर, विद्यालय ३ दिनलाई बन्द
उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
प्रतिक्रिया