नेकपा एकीकृत समाजवादीले महासचिव भोलि चयन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीका महासचिव भोलि चयन गर्ने भएको छ ।
नेकपा एमालेवाट विभाजित बनेको यो पार्टीमा अध्यक्ष माधव नेपाल छन् । अन्य पादाधिकारी चयन भएको छैन । पार्टीको महासचिव कसलाई बनाउने भन्ने चर्चा यो पार्टीभित्र छ । मंगलवार देखि जारी पार्टी केन्द्रीय समितिको बैठकमा भोलि महासचिव चयन गर्ने कार्यसूचि रहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
त्यस्तै भोलिको बैठकले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरुको अन्तिम टुंगो समेत लगाउने भएको छ ।
बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । प्रतिवेदन पाँचवटा समुह बनाइ समुहगत छलफल चलाईएको थियो । वुधबारको बैठकमा समुह नेताले सुझावसहित आफ्नो टिप्पणी प्रस्तुत गरेको र ति सुझावहरुलाई समेटी पारित गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
समुह नं. १ बाट रामकुमार झाँक्री, समुह नं. २ बाट रामचन्द्र शाह, ३ बाट रमा आले, ४ बाट श्रीप्रसाद साह र ५ बाट दिनेश राईले टिम लिडरका रुपमा प्रतिवेदनमाथी टिप्पणी गरेका थिए ।
बैठकमा जनताको बहुदलीय जनवादको सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिदै अध्यक्ष माधवकुमार नेपालले जबजको सारभुत विचारलाई पक्रदै समाजवाद र समृद्धिको यात्रामा जाने वताएको खतिवडाले जानकारी दिए ।
आफुहरु तत्कालीन एमालेले जस्तो जबजलाई देवत्वकरण अथवा जबजको विकृतिको पक्षमा नरहको भन्दै त्यसबाट मुक्त हुन चाहेको अध्यक्ष नेपालले बैठकमा बताएका थिए ।
नेपालको भनाई उदधृत गदै खतिवडाले भने,– ‘जनताको बहुदलीय जनवादको सन्दर्भमा उठेका प्रश्नहरुको बारेमा उहाँले प्रष्टिकरण दिदैँ भन्नुभएको छ की, जनताको बहुदलीय जनवाद पनि माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकासको सन्दर्भमा देखापरेको त्यसको सिर्जनात्मक अध्याय हो । यसलाई हामीले थप विकसित गर्नेछौँ । आजभन्दा अगाडी नेकपा(एमाले)ले जबजलाई कुरुप गर्दै गएको थियो । त्यसलाई बिरुप बनाउँदै गएको थियो । या त यसलाई देवत्वकरण गर्ने र जबजलाई बेद, पुराणजस्तो कहिल्यै परिवर्तन हुन नसक्ने बनाउँदै लगिएको थियो । या त यसलाई यति विकृत बनाइएको थियो कि जबजका आदर्श भनेकै आजका व्यवहारहरु नै जबजको आदर्श हुन् भने जबजको पनि काम छैन भन्ने ठाउँमा पु¥याउन लागिएको थियो । हामी त्यसबाट मुक्त हुन चाहान्छौँ । जबजका सारभुत विचारहरुलाई पक्रदै समाजवाद र समृद्धिको यात्रामा जाने हामीले अठोट गरेका छौँ यो कुरालाई उहाँले अत्यन्तै प्रष्ट पार्नुभयो ।’
बैठकले समाजवाद नामक पार्टीको मुखपत्र र नियमित बुलेटिन प्रकाशित गर्ने निर्णय पनि गरेको छ । त्यस्तै नेताहरु मार्फत् पार्टीको चुनावचिन्हको सन्दर्भमा विभिन्न सुझावहरु आएको भन्दै पार्टीको चुनावचिन्ह निश्चित गरी निर्वाचन आयोग जाने निर्णय गरिएको खतिवडाले बताए ।
पार्टी केन्द्रीय कमिटी बैठक भोली (बिहीवार) बिहान ११ बजे पनि बस्ने र भोलिको बैठकले पार्टीको महासचिव चयन गर्नेछ ।

















कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
अमेरिकाद्वारा अन्तर्राष्ट्रिय ऊर्जा निकाय छोड्ने चेतावनी
नेपालका कठिन सडक भएका मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
प्रतिक्रिया