थप १२ सय जनामा कोरोना पुष्टि, हालसम्म ११ हजारभन्दा बढीको मृत्यु
मेरोन्यूज
२०७८ असोज ७ गते १६:२४

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार २३९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा थप १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म ११ हजार ७२ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।
यस्तै, हाल देशभर २० हजार ७४३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १९ हजार ४३७ जना होम आइसोलेसन, एक हजार ३०६ जना संस्थागत आइसोलेसनमा, ३४० जना आइसीयूमा र १११ जना भेन्टिलेटरमा रहेका छन् ।
मन्त्रालयका अनुसार सोही अवधिमा एक हजार ३२४ जना संक्रमण मुक्त भई घर फर्किएका छन् ।
सम्बन्धित
प्रतिक्रिया