कांग्रेसको पालिका अधिवेशनको तयारी, प्रदेश २ मा क्रियाशील सदस्यतामै अल्झन् !
सीतादेवीको आक्रोशः मधेशलाई शीर्ष नेताहरुले महत्व दिएनन्

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।
गत भदौं २५ गते निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज ९ गते शनिवार अधिकांश जिल्लामा पालिकाको अधिवेशन हुँदैछ ।
तर भदौं २५ मै निर्वाचन समितिले जारी कार्यसूची अनुसार असोज ५ गते वडा अधिवेशनको मिति तोकेको थियो । त्यो दिन ७ जिल्लाको मात्र अधिवेशन सम्पन्न भयो भने अन्य १३ जिल्लाको विवाद भने समाधान हुन सकेन ।
यता प्रदेश २ का आठ जिल्ला (बारा, पर्सा, रौतहट, सर्लाही ,धनुषा, महोत्तरी, सिरहा र सप्तरी) मा भने अहिलेसम्ममा पनि अधिवेशनको प्रक्रिया सुरु हुने छाटकाट छैन ।
शुक्रबार बसेको पदाधिकारी बैठकमा पनि विवादित १३ जिल्लाको विषयमा बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र सीतादेवी यादवले पार्टी सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका थिए ।
क्रियाशील विवाद समाधान गरिँदैन, विवाद समाधान भएका जिल्लाको नामावली किन सार्वजनिक नगरिएको भनी रामचन्द्र पौडेलले बैठकमा प्रश्न गरेको एक नेताले मेरोन्युजसँग भने ।
क्रियाशील विवाद समाधान भएका दुई जिल्ला कैलाली र धनुषाको अझै पनि नामावली सार्वजनिक गरिएको छैन । ‘होइन कहिले हुन्छ मधेशको क्रियाशील विवाद समाधान तपाईहरुले मधेशलाई महत्व नदिनु भएको हो’ बैठकमा कोषाध्यक्ष सीतादेवी यादवले प्रश्न गरेको बताइन् ।
मैले हरेक पदाधिकारी बैठकमा प्रदेश २ को क्रियाशील सदस्यता विवाद समाधान नगर्नुको कारण सोध्ने गरेको उनले बताइन ।
‘मधेशलाई शीर्ष नेताहरुले महत्व दिएनन्’ उनले भनिन्, ‘आज पार्टी सभापतिज्युले क्रियाशील छानबिन समितिलाई ९ गतेसम्ममा क्रियाशील नामावली सार्वजनिक गर्न निर्देशन दिनुभएको छ। अब के हुँदो रहेछ हेरौँ ।’
बैठकमा सभापति देउवाले अहिले देखिएका सबै विवाद मिलाउन निरन्तर लागेको बताएका थिए ।
बैठकमा पार्टी उपसभापति विमलेन्द्र निधिले अन्य प्रदेशमा वडा अधिवेशन सकिएर पालिका अधिवेशनको चरणमा पुग्दा पनि प्रदेश–२ मा सदस्यता समेत नदिँदा राम्रो नभएको बताएका थिए ।
शुक्रबारको बैठकमा क्रियाशील सदस्यता छानबिन समिति र केन्द्रीय निर्वाचन समितिका पदाधिकारीलाई पनि राखिएको थियो ।
धनुषा क्षेत्र नम्बर ५ मा १३ औँ महाधिवेशनमा सहभागिताबाट भाग लिनबाट बञ्चित भएको थियो । संघीयता कार्यान्वयनपछि अहिले त्यो निर्वाचन क्षेत्र धनुषा–४ भएको छ ।
उक्त क्षेत्रमा स्थानीय तहका र क्षेत्रका पदाधिकारीलाई क्रियाशील सदस्यता फारम नै नदिई पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव पार्टी कार्यालयमा आमरण अनशन बसे ।
डा. रामशरण महत, डा. प्रकाशरण महतको समिति बनाएर वार्ता गरेर त्यहाँको विवाद समाधान भएको भनिएको थियो । उक्त समितिले छिटै समाधान गर्ने भनेर उनीहरुको अनसन तोडाएका थिए । तर असोज ४ गते क्रियाशील सदस्यता विवाद समाधान समितिले दुई जिल्लाको क्रियाशील विवाद समाधान भएको जनाएको थियो, जसमा धुनषा पनि परेको थियो ।
तर अझै पनि धनुषाको क्रियाशील सदस्यता समेत प्रकाशन भएको छैन । अतिरिक्त बाँके, रसुवा, डोल्पा र सुर्खेतको क्रियाशील विवाद समाधान भएको क्रियाशील सदस्यता विवाद समाधान समितिले जनाएको छ ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।















छ वर्षपछि चीन–उत्तर कोरिया रेल सेवा पुनः सुरु
शुक्लाफाँटामा बाघ गणना सुरु
नेप्सेमा ३२ अंकले घट्यो, साढे २१ अर्बको कारोबार
लमजुङमा जिपले च्यापेर चालकको मृत्यु
आजदेखि क्रमिक रूपमा तुवाँलो हट्ने
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
प्रतिक्रिया