व्यापारीको हत्यामा संलग्न चार जना सार्वजनिक
बैतडी । जिल्लाको सुर्नया गाउँपालिका ४ सन्सेरीमाडौँका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । सुर्नया गाउँपालिका ५ का रामबहादुर मडै तथा वडा नम्बर ४ का शंकरसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई प्रहरीले सार्वजनिक गरेको हो ।
यसअघि बिहीबार प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको थियो । हत्यामा तीन जनाको संलग्नता नदेखिएपछि उनीहरूलाई छाडिएको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । सुर्नया गाउँपालिका ४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल सञ्चालन गर्दै आएका कमलसिंह महरा बिहीबार बिहान सन्सेरीमाडौँमा मृत फेला परेका थिए ।
उनको टाउको, छाती र शरीरका अन्य भागमा चोट रहेकाले हत्या गरेको आशंकामा प्रहरीले खोजी सुरु गरेको थियो । अनुसन्धानका लागि खटिएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली बिहीबार घटनास्थलमा खटिएको थियो ।
शाही नेतृत्वको टोलीले घटना भएको सो घटनामा संलग्न रहेकालाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता भई जिल्ला अदालतबाट आज ७ दिनको म्याद थप गरिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । मृतक महराको शव जिल्ला अस्पतालमा परीक्षणपश्चात आफन्तलाई बुझाइएको छ ।












गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
तेक्वान्दो टोली चीन प्रस्थान
कुखुरा, बाख्रा र स्यालकाे मोर्चाले बाघको सिकार गर्न सक्दैन : ओली
प्रतिक्रिया