इपीएलः काठमाडौं किङ्स ११ को विजयी शुरुवात
ललितपुर प्याट्रिओट्स ७ विकेटले पराजित

काठमाडौं । काठमाडौंमा शनिवारबाट शुरु भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उदघाटन खेलमा काठमाडौं किङ्स ११ सात विकेटले जीत निकालेको छ ।
काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १ सय ५७ रनको लक्ष्य पछ्याएको किङ्स ११ ले १४ दशमलव ४ ओभर खेल्दा ३४ बल बाँकी छँदै मात्र ३ विकेटको क्षतिमा लक्ष्य पार गरेको हो ।
काठमाडौंका लागि रायन बर्ल र रहमानुल्लाह गुर्बाजले राम्रो इनिङ खेले । ओपनिङमा आएका गुर्बाजले ३६ बलमा ४ चौका र ४ छक्कासहित ५९ रन जोडे ।
यस्तै, रायन ब्रुलले ३४ बलमा ३ चौका र ७ छक्कासहित ७३ रन जोड्नै नटआउट रहे ।
राजु रिजाल १९ रनमा नटआउन रहँदा ओपनर सुवाष खकुरेल शून्य रनमै पेभेलियन फर्किए । अमित श्रेष्ठ भने रनआउट भएका थिए ।
बलिङतर्फ ललितपुरका लागि पवन सर्राफले एक विकेट बाहेक अन्य बलरले विकेट लिन सकेनन् ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुर प्याट्रिओट्सका लागि पवन सर्राफले ६२ रनको योगदान गरेका थिए ।
इपीएलमा आइतबार दुई खेल हुँदैछ ।
पहिलो खेलमा विहान ९ः३० बजे विराटनगर वारियर्स र चितवन टाइगर्स तथा दोस्रो खेलमा १ः ३० बजे भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजबीच खेल हुनेछ ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया