कांग्रेस १४ औँ महाधिवेशन : दिप्रुङ चुइचुम्माको अधिवेशन आज

खोटाङ । नेपाली कांग्रेसको नगर/गाउँपालिका अधिवेशनअन्तर्गत जिल्लाका १० पालिकामध्ये चारमा सर्वसम्मत, पाँचमा निर्वाचन मार्फत नेतृत्व चयन भएका छन् भने एक पालिकामा निर्वाचन स्थगन भएको छ ।
ऐसेलुखर्कमा सन्तवीर तामाङ, बराहपोखरीमा दीपक राई (खिलाराज), साकेलामा विजय गुरुङ र रावाबेँसी गाउँपालिकामा फटिककुमार श्रेष्ठ सर्वसम्मत सभापति पदमा चयन भएका कांग्रेस जिल्ला कार्यसमितिका सचिव ज्ञानेन्द्र जोशीले बताए । ती चार स्थानीय तहमा सहमतिमै नेतृत्व चयन गरिएको उनले जानकारी दिए ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा केपिलासगढी, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढीमा प्रकाश श्रेष्ठ, हलेसी तुवाचुङमा चक्रकुमार राई, केपिलासगढीमा हेमन्त राई, जन्तेढुङ्गामा बाजिन्द्र विष्ट र खोटेहाङमा प्रेम थापा सभापतिमा निर्वाचित भएका छन् ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अधिवेशन भने विवादका कारण एक दिनपछि सारिएको जनाइएको छ । वडा नं १ याम्खाको वडा अधिवेशनको विषयलाई लिएर विवाद भएपछि शनिबारका लागि तय गरिएको गाउँपालिका अधिवेशन आज हुन लागेको हो ।

















फोर्थिङ ‘एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे ईभी’ अफर सार्वजनिक, ७ लाखसम्मको विशेष योजना
जिलीको अत्याधुनिक ‘सर्ट ब्लेड’ ब्याट्री अब नेपालमा, ईएक्स ५ मार्फत उपलब्ध
Chhayanath Rara Municipality approves Procedures on Labour Bank
मधेश बलियो भए मात्रै मुलुकमा संघीयता सुरक्षित रहन्छ : उपेन्द्र यादव
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले भने – निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नू
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ
प्रतिक्रिया