काठमाडौँ महानगरपालिकामा विद्यालय सञ्चालन हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । महानगरपालिकाले आवश्यक मापदण्ड पालना गराएर विद्यालय भौतिक रुपमा सञ्चालन गर्न सकिने निर्णय गरेको थियो ।
दसैँको मुखमा विद्यालय सञ्चालन गर्ने महानगरपालिकाको निर्णयको अभिभावकले आपति जनाएका छन् । महानगरपालिकाले १० गते आइतबारदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने निर्णय बुधबार गरेको थियो । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गत वैशाखको दोस्रो सातादेखि विद्यालय बन्द भएका थिए ।
भौतिकरूपमा पठान पाठन बन्द भएपछि विद्यालयले अनलाईन कक्षा लिइरहेका थिए । महानगरले शिक्षक र गाडी चालकलाई कोरोना खोप दिने जनाएको छ । यस्तै सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर र मोडर्ना कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरिरहेको छ ।
महानगरपालिकाले विद्यार्थी संख्याया धेरै भएका विद्यालय खोल्न अनिवार्य नगरेको जनाएको छ । महानगरपालिकाको विद्यालय खाल्ने निर्णयको अभिवाक र विज्ञले विरोध गरेका छन् । काठमाडौँमा कोरोनाको जोखिम भएकाले विद्यालय खोल्न हतार नगर्न विज्ञले सुझाव दिएका छन् ।
















मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन
झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि सुरु हुँदै
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया