काठमाडौँ महानगरपालिकामा विद्यालय सञ्चालन हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । महानगरपालिकाले आवश्यक मापदण्ड पालना गराएर विद्यालय भौतिक रुपमा सञ्चालन गर्न सकिने निर्णय गरेको थियो ।
दसैँको मुखमा विद्यालय सञ्चालन गर्ने महानगरपालिकाको निर्णयको अभिभावकले आपति जनाएका छन् । महानगरपालिकाले १० गते आइतबारदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने निर्णय बुधबार गरेको थियो । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गत वैशाखको दोस्रो सातादेखि विद्यालय बन्द भएका थिए ।
भौतिकरूपमा पठान पाठन बन्द भएपछि विद्यालयले अनलाईन कक्षा लिइरहेका थिए । महानगरले शिक्षक र गाडी चालकलाई कोरोना खोप दिने जनाएको छ । यस्तै सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर र मोडर्ना कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरिरहेको छ ।
महानगरपालिकाले विद्यार्थी संख्याया धेरै भएका विद्यालय खोल्न अनिवार्य नगरेको जनाएको छ । महानगरपालिकाको विद्यालय खाल्ने निर्णयको अभिवाक र विज्ञले विरोध गरेका छन् । काठमाडौँमा कोरोनाको जोखिम भएकाले विद्यालय खोल्न हतार नगर्न विज्ञले सुझाव दिएका छन् ।
















तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच
इरान युद्धमा ट्रम्पको कडा चेतावनी
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया