एनआरएनएको अध्यक्षमा उठ्ने कुल आचार्यको घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष कुल आचार्यले एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी आचार्यले सन् २०२१–२०२३ को कार्यकालका लागि संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । संघको दशौं विश्व सम्मेलन आगामी अक्टोबरको २३–२५ सम्म काठमाडौंमा हुँदैछ ।
उनले पत्रकारसँगको कुराकानीमा ‘एनआरएनएलाई सही अर्थमा आम प्रवासी नेपालीको साझा संस्था बनाउने मेरो अभियान हो । संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिनेछु, ।’
उनले सम्पत्तिको अधिकार, राहदानीसहित तेस्रो पुस्ता पछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न प्राथमिकता दिने दाबी गरे ।
अध्यक्षको उम्मेदारी दिने घोषणा गरेका आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पन्जीकृत सदस्य संख्या पाँच लाख पु¥याउने र राष्ट्रिय समन्वय परिषद्को संख्या कम्तीमा एक सय पु¥याउने बताएका छन् । गैरआवासीय नेपालीलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपालीलाई पनि जोड्ने उनको योजना छ ।
थाइल्याण्ड, म्यानमारलगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई पिपुल अफ नेपाली ओरिजिन (पीएनओ) को मान्यता दिलाउन पहल गर्ने आचार्यले बताए । पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् । उनी लण्डनका स्थापित व्यवसायी हुन् ।
दुई दशकदेखि एनआरएन अभियानमा सक्रिय आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै संगठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतामा राखेको बताए ।
यसअघि उपाध्यक्ष रविना थापा र डा. बद्री केसीले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । थापा अमेरिकामा बस्दै आएकी छिन् भने केसी रसियामा बसोबास गर्छन् ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया