साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा
विकेथ कुथु र राजन गुरुङ टोली बाहिर
मेरोन्यूज
२०७८ असोज १० गते १८:४४

काठमाडौं । माल्दिभ्समा हुने साफ च्याम्पियनशिपका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
माल्दिभ्समा हुने साफ च्याम्पियनशिपका लागि घोषणा गरिएको टोलीमा विकेथ कुथु र राजन गुरुङ भने समेटिएका छैनन् ।
नेपाली टोलीको रक्षकमा किरण लिम्बु, दीप कार्की र विशाल श्रेष्ठ रहेका छन् ।
यस्तै, नेपाली टोलीमा दिनेश राजवंशी, सुरज ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अञ्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनिष डाँगी, कमल थापा र रोहित चन्द रहेका छन् ।
नेपालले पहिलो खेल अगामी शुक्रबार आयोजक माल्दिभ्ससँग खेल्दैछ ।
सम्बन्धित









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया