आइतबार, फागुन १०, २०८२

कांग्रेस भरतपुर महानगर सभापतिमा अधिकारी निर्वाचित

मेरोन्यूज २०७८ असोज ११ गते ११:३४


काठमाडौं । नेपाली कांग्रेस भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी निर्वाचित भएका छन्। सोमबार बिहान सकिएको मतगणनाअनुसार ६४९ मतसहित अधिकारी सभापति पदमा निर्वाचित भएका हुन्। उनी वडा नम्बर २१ का वडाध्यक्ष पनि हुन्।

Advertisement
nepal life insurencenepal life insurence

उनका निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीले ५४६ मत मात्रै ल्याएका थिए।

कांग्रेसले गाउँ र नगर अधिवेशन सकिएका ठाउँमा असोज ९ देखि पालिका अधिवेशन सुरू गरेको छ।

कांग्रेसले १४ ‍औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुदैछ ।

प्रतिक्रिया