एमाले स्थायी कमिटि बैठक
सुदूरपश्चिम प्रदेश इन्चार्ज टुंग्याउने जिम्मा ओलीलाई

काठमाडौं । नेकपा एमालेले पार्टीको सुदूरपश्चिम इन्चार्ज टुग्याउने जिम्मा अध्यक्ष केपी ओलीलाइ दिएको छ । माधव नेपाल छोडेका मझधारका नेताहरुसँग भएको १० बुँदे सहमति अनुसार पार्टीलाई २०७५ जेठ २ मा फर्काउनु पर्ने र त्यसो गर्दा भीम रावल त्यहाँको इन्चार्ज हुनुपर्ने रावल पक्षले आवाज उठाउँदै आएको थियो ।
तर ओली पक्षले माओवादी छोडेर एमालेमै रहेका नेता लेखराज भट्टलाई त्यहाँको इन्चार्जको जिम्मेवारी तोकेको थियो ।
सोही विवादले एमालेमा १० वुँदे कार्यान्वयन नभएको भन्दै रावल लगायत नेताले पार्टी केन्द्रीय समिति बैठकमै कुरा राखेका थिए । त्यसपछि सोमबारलाइृ त्यस विषयमा कुरा गर्न स्थायी कमिटि बैठक बोलाईएको थियो । बैठकले विवाद अन्त्य गर्ने जिम्मा ओलीलाई नै दिएको स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले बताए ।
अव ओलीले कार्यदलका नेताहरुसँग परामर्श गरेर विवाद हल गर्नेछन् ।

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
प्रतिक्रिया