दश बुँदे कार्यदलको संयोजकमा भीम रावल

काठमाडौं । नेकपा एमालेले दश बूँदे सहमति कार्यान्वयनका लागि गठित कार्य दलको संयोजकमा उपाध्यक्ष भीम रावललाई तोकेको छ ।
सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसेको पार्टी स्थायी कमिटी बैठकले उपाध्यक्ष रावललाई सो कार्यदलको संयोजक बनाउने निर्णय गरेको हो ।
अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अनुसार बैठकले दश बूँदे सहमती कार्यान्वयनमा केही ठाउँमा समस्या देखिएको उल्लेख गर्दै ती समस्या समाधान गर्ने जिम्मेवारी पनि सो कार्य दललाई दिने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिए ।
कार्यदलमा रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्धय विष्ण पौडेल र घनश्याम भुसाल, स्थायी कमिटीका सदस्यहरु सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका थिए ।
नेता शंकर पोखरेललाई पनि कार्य दलमा राख्ने निर्णय बैठक गरेको छ ।
बैठकले पार्टीको जनवर्गीय संगठनहरुमा देखिएको समस्या पनि तत्काल हल गर्न पार्टीका महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्य दललाई निर्देशन दिएको छ ।
एमालेले पार्टीको विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान सम्बन्धि प्रतिवेदनमा पार्टी भित्र फरक मत नरहेको पनि जनाएको छ ।

















काठमाडौँका यी विभिन्न स्थानमा आज बिजुली कटौती हुने
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया