शनिबार, फागुन ९, २०८२

भारतीय चर्चित कम्युनिष्ट नेता कन्हैयाकुमार कांग्रेस प्रवेश गर्दै

मेरोन्यूज २०७८ असोज १२ गते १४:१६

काठमाडौँ । भारतीय कम्युनिष्ट पार्टी (सिपिआई)का नेता कन्हैया कुमार भारतीय कांग्रेसमा प्रवेश गर्ने भएको छ । उनी आज एक कार्यक्रमका बीच कांग्रेसमा प्रवेश गर्ने भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

यसैबीच कांग्रेका वरिष्ठ नेता मनिष तिवारीले सामाजिक सञ्जालमार्फत केही कम्युनिस्ट नेताहरू कांग्रेसमा प्रवेश गर्ने तयारी रहेको जानकारी दिए । यस क्रमममा उनले सन् १९७३ मा प्रकाशित भएको पुस्तक ‘कम्युनिष्टस् इन कांग्रेस’ पुनः पढ्ने पर्ने बेला आएको बताएका छन् ।

नेता कन्हैया कुमारसँगै गुजरातका दलित कार्यकर्ता तथा विधायक जिग्नेश मेवानीसमेत कांग्रेस प्रवेश गर्ने भएका छन् । दिल्लीमा हुने कार्यक्रममा कांग्रेस नेता राहुल गान्धीले उनीहरूलाई पार्टी प्रवेश गराउने भएको हो ।कार्यक्रममा नेता हार्दिक पटेलसमेत सहभागी हुने भएका छन् ।

पार्टीमा कन्हैयाको खोजी

लामो समयदेखि कन्हैया कुमार कांग्रेसमा प्रवेश गर्ने चर्चा चलिरहेको थियो । पछिल्लो हप्ता सिपिआईका महासचिव डी. राजाले एक पत्रकार सम्मेलनमा बोल्दै कन्हैया कांग्रेस प्रवेश गर्ने अफवाह मात्रै भएको बताएका थिए ।

दिल्लीमा सिपिआईका केन्द्रीय नेताहरूले उनको खोजी गर्दै आएका थिए । यस क्रममा उनलाई नेताहरूले फोन तथा म्यासेज गरेका थिए । तर, उनले कुनै प्रतिक्रिया दिएका थिएनन् । कन्हैया र कांग्रेस नेता गान्धीबीच भेट वार्ता भएको खबर बाहिर आएको थियो ।

देश विरोधी नाराबाजीबाट चर्चामा

कन्हैया कुमार सन् २०१६ मा जवाहरलाल नेहरू विश्वविद्यालय ९जेएनयू० मा भएको कथित देश विरोधी आन्दोलनबाट चर्चामा आएका थिए । यस आन्दोलनको समयमा उनी जेएनयूमा छात्र संघका अध्यक्ष थिए ।

यसपछि उनले सन् २०१९ को लोकसभा निर्वाचनमा उम्मेदवार भनेर चर्चामा आएका थिए । उनी निर्वाचनमा भारतीय जनता पार्टीका गिरिराज सिंहसँग पराजीत भएका थिए । एजेन्सी

प्रतिक्रिया