माधव नेपालको विद्यार्थी संगठनलाई गृहमन्त्रीको जवाफ
‘जयसिंह धामी प्रकरणमा मेरो पुत्ला जलाउँदा गाह्रो भयो’

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाको मालघाटमा जयसिंह धामी तुइनबाट खसेर बेपत्ता भएको घटनामा सत्तारुढ गठबन्धन दलका विद्यार्थीहरूले आफ्नो पुत्ला जलाएको घटनाप्रति आपत्ति जनाएका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठनले बुझाएको ज्ञापनपत्र मन्त्रालयमा बुझ्दै मन्त्री खाँणले घटनाको सम्बन्धमा छानबिन समितिले अहिलेसम्मकै राम्रो प्रतिवेदन बुझाएको बताए । त्यो प्रतिवेदन आफूले परराष्ट्र मन्त्रालयमार्फत भारतमा पठाए पनि सत्तारुढ दलकै विद्यार्थी संगठनले आफ्नो पुत्ला जलाएकोमा आपत्ति जनाएका हुन् ।
‘१५ साउनमा जयसिंह धामी तुइन तर्दा भएको प्रकरणमा हामीले मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति बनाएर स्थलगत अध्ययनपछि राम्रै प्रतिवेदन बनाउनु भएको छ, त्यो प्रतिवेदन गृहबाट परराष्ट्र हुँदै कुटनीतिक नोटमार्फत भारतसम्म पुगिसकेको छ, मलाई लाग्छ प्रतिवेदनमा जे उल्लेख हुन पर्ने हो त्यो सबै विषयवस्तु उल्लेख भएको छ,’ गृहमन्त्री खाँणले भने ।
उनले सत्तारुढ दलकै विद्यार्थीहरूले सम्पर्क र समन्वयबिना पुत्ला जलाउँदा अलि गाह्रो भएको बताएका थिए । ‘यस्ता विषयमा मसँग सम्पर्क र समन्वय गर्दा उपयुक्त हुन्थ्यो के भएको हो जानकारी मैले दिइहाल्थे,’ उनले भने ।
उनले यस्ता विषयमा आफूलाई जतिबेला पनि सम्पर्क गरेर जानकारी लिन सकिने समेत बताएका छन् । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा आएको टोलीले गृहमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापन पत्रमा जनतालाई चाडपर्वको बेलामा राहत दिने निर्णय गर्न, सार्वजनिक सवारी साधनमा अघिल्लो सरकारले बढाएको २८ प्रतिशत भाडा घटाउन, विद्यार्थीलाई सार्वजनिक सवारी साधनमा ४५ प्रतिशत दिने व्यवस्थालाई निरन्तरता दिन, मूल्यवृद्धि रोक्न माग गरिएको छ ।
उनले ज्ञापन पत्रमा समेटिएका माग सम्बोधन गर्न पहल गर्ने बताए ।










बिलबिजक नभएको सामानसहित एक जना पक्राउ
भारतमा ७ बस ठोक्किए : चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते
पाँच महिनामा ८ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो
मकवानपुरमा रुखबाट लडेर एकजनाको मृत्यु
बिबिसीविरुद्ध ट्रम्पले दायर गरे मुद्दा, १० अर्ब डलर क्षतिपूर्ति माग
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
प्रतिक्रिया