एमसीसीबारे ओलीको जवाफः ताप्केभन्दा पहिला बिँड तातेर के हुन्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसीकाबारेमा सरकारले नबोली आफूले बोल्नुको अर्थ नभएको बताएका छन् ।
एमसीसी गर्ने पार्टीहरु नेपाली कांग्रेस र माओवादी केन्द्र भएको उल्लेख गर्दै मंगलबार सम्पादकसँगको अन्तरक्रियामा ओलीले त्यसबारेमा सरकारसँग जवाफ माग्नुपर्ने उल्लेख गरे ।
एउटा प्रधानमन्त्री र अर्को सरकारको किङमेकर भन्दै देउवा र प्रचण्डप्रति लक्षित गर्दै ओलीले एमसीसी गर्ने गठबन्धनका दुई नाइकेले जवाफ दिनुपर्ने बताए ।
एमसीसी गर्दा एमाले सरकारमा नरहेको र अहिले पनि प्रतिपक्षमै रहेको भन्दै ओलीले सरकारको दृष्टिकोण थाहा नपाइ आफूले बोल्नुको औचित्य नभएको बताए ।
‘सरकारले रुची नै राखेको छैन भने मैले भनिरहनुपर्ने कुरा के छ र ?’ एमसीसीबारे पत्रकारको जिज्ञासमा ओलीले प्रश्न गरे– ‘ताप्केभन्दा पहिला बिँड तातेर के काम ?
एमसीसीबारे सडकमा आवाजहरु उठिरहेको भन्दै एमाले अध्यक्ष ओलीले आफू सरकारमा हुँदा पनि ‘रेस्पोन्सिवल’ ढंगले प्रस्तुत भएको र संसदमा पनि आफूले सरकारको धारणा मागेको बताए ।

















आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै
एमाले अध्यक्ष ओली आज झापा जाँदै, यस्तो छ कार्यक्रमकाे तालीका
आचारसंहिताविपरीत टाँसिएका बीस हजार प्रचार सामग्री हटाइयो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
सुनचाँदीको मूल्य घट्यो, आजकाे कारोबारकाे मूल्य कति ?
प्रतिक्रिया