१० लाख जरिवाना फैसला भएका खत्री कपनबाट पक्राउ

काठमाडौं । उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा रु १० लाख ६५ हजार ९०० जरिवाना तोकिएका खगेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनले २०७७ पुस २८ गते खत्रीलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम चार दिन कैद र रु १० लाख ६५ हजार ९०० जरिवानाको फैसला गरेको थियो ।
हालसम्म फरार भएका प्रतिवादी खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले आज काठमाडौँ कपनको बालुवाखानीबाट पक्राउ गरेको हो ।
खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिका घर भई कपन बालुवाखानी बस्ने २६ वर्षीय खत्रीलाई पक्राउपश्चात् प्रहरीले सार्वजनिक गरेको हो ।
प्रतिवादीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई ग्लोबल आइएमइ बैंकको चेक दिएका थिए । फैसला कार्यान्वयनका लागि खत्रीलाई जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।
















पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया