मोटरसाइकल अनियन्त्रित भई पल्टिदा तीन युवकको मृत्यु
मेरोन्यूज
२०७८ असोज १३ गते २०:२१

धनुषा । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा बुधबार तीन युवकको मृत्यु भएको छ ।
धनुषाको औरहीबाट जनकपुरधामतर्फ आउँदै गरेको ज ९ प १९८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा तीन जनाको घटनास्थलमै मृत्यु भएको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) जितेन्द्र बस्नेतले जानकारी दिए ।
उक्त दुर्घटनामा परि मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ का २१ वर्षीय कुनालकुमार साहसहित तीन जना छन् । दुई जनाको भने सनाखत हुन बाँकी रहेको डीएसपी बस्नेतले बताए ।
तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित









एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल
सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया