एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
मेरोन्यूज
२०८२ मंसिर २७ गते १६:२०

काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको छ ।
दुबईको द सेभेन्स रङ्गशाला भएको खेलमा नेपालले श्रीलंकालाई जितको लागि ८३ रनको लक्ष्य दिएको थियो । श्रीलंकाले १४ दशमलव ५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २८.५ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटिएको थियो ।
समूह ‘बी’ मा रहेको नेपालले आगामी सोमबार बङ्गलादेशसँग खेल्नेछ । यही मङ्सिर २६ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपालसहित बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान, भारत, पाकिस्तान, युएई र मलेसिया सहभागी छन् ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया