सोमबार, मंसिर २२, २०८२

एमालेलाई वार्तामा आउन सर्वदलीय बैठकको आग्रह

मेरोन्यूज २०७८ असोज १४ गते १२:१२

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसद्मा जिम्मेवार ढंगले प्रस्तुत हुन सर्वदलीय बैठकले आग्रह गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वार्ताबाट समाधान खोज्न एमालेलाई आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकले संघीय संसदमा अवरोध जारी रहँदा जनतासँग प्रत्यक्ष सरोकार राख्ने काममा बाधा पुग्ने भन्दै एमालेलाई वार्तामा आउन आग्रह गरेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षसँग निरन्तर संवाद गरिने बताएको बैठक पछि सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

उनले बैठकमा संसदलाई निर्वाध र मर्यादित हिसाबले अगाडि बढाउन एमाले र मुख्य विपक्षी दलको नेताले सकारात्मक भूमिका खेल्नु पर्ने धारणा व्यक्त भएको बताए । प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी नभएको एमाले यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा पनि सहभागी भएको थिएन ।

प्रतिक्रिया