एनसेलले पायो उत्कृष्ट अवार्ड

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ का दुई विधामा पुरस्कार पाएको छ ।
जीबीओ अवार्ड अन्तर्गत एनसेलले ‘सामाजिक उत्तरदायित्वको क्षेत्रमा उत्कृष्ट टेलिकम कम्पनी’ र नेतृत्व विधामा एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले ‘टेलिकम सीईओ अफ दि इयर’ अवार्ड पाएको दी इकोनोमिक टाइम्सले जनाएको छ ।
पुरस्कार घोषणा आगामी अक्टोबर २६ र २७ मा लन्डनमा हुने टोटल टेलिकम कार्यक्रममाझ गरिनेछ । त्यस्तै, ‘ग्लोबल क्यारियर अवार्ड (जीसीए) २०२१’ अन्तर्गत वैदेशिक रोजगारीमा गएका मानिसहरूका लागि ल्याएको योजनाका लागि पनि एनसेल ‘सामाजिक सञ्जाल अभियानमा उत्कृष्ट’ अवार्डमा पनि सूचीकृत भएको छ ।
यो पुरस्कार विजेताको घोषणा अक्टोबर २० मा लन्डनमै आयोजना हुने जीसीएको कार्यक्रममा हुनेछ । लन्डनस्थित प्रकाशन गृह जीबीओले हरेक वर्ष विश्वभरका कम्पनीलाई उत्कृष्टताका आधारमा पुरस्कृत गर्ने गर्छ । उक्त अवार्ड बैंकिङ, वित्तीय, घरजग्गा, दूरसञ्चार, उड्ययन र विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने कम्पनी र नेतृत्वकर्तालाई प्रदान गर्छ ।
कम्पनीको रचनात्मकता, नवीनता र स्थानीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रुपमा पुर्याएको योगदानको कदर गर्दै अवार्ड दिने गरिन्छ । एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा सामाजिक अग्रसरता अन्तर्गत आफूले समुदायमा पुर्याएको योगदानको कदरमा अवार्ड पाएकोमा खुशी व्यक्त गरेको दी इकोनोमिक टाइम्समा उल्लेख छ ।
एनसेल कम्पनीले सन् २०२५ सम्ममा डिजिटल सेवाप्रदायक कम्पनीमा स्थापित हुने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
प्रतिक्रिया