प्रतिनिधि सभा बैठक १९ गतेसम्म स्थगित
मेरोन्यूज
२०७८ असोज १४ गते १३:२४

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले अवरोध कायमै राखेको छ । बिहीबार सुरु भएको बैठकमा एमालेले संसद् बैठक अवरोध कायमै राखेको हो ।
एमालेको अवरोध र नाराबाजीको बीच सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीति दल विभाजन सम्बन्धिको अध्यादेश खारेज गरेको पढेर सुनाएका थिए । यस्तै सभामुख सापकोटाले राष्ट्र ऋण उठाउने र आर्थिक विधेयक प्रमाणीकरण गरेको पढेर सुनाएका थिए ।
आज बसेको प्रतिनिधि सभा यही असोज १९ गतेसम्मका लागि स्थगित भएको छ । भदौ २३ गतेबाट सुरु भएको प्रतिनिधि सभाको बैठकमा एमालेले अवरोध गदै आएको छ । संसद्को अवरोध हटाउन प्रधानमन्त्री शेर बहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमालेले बहिष्कार गरेको थियो ।
सम्बन्धित










सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
भिरबाट लडेर एक वृद्धाको मृत्यु
एमाले महाधिवेशनः मतदान सुरु
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया