सहसचिव सिग्देललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
मेरोन्यूज
२०७८ असोज १४ गते १८:५७
काठमाडौँ । सरकारले सहसचिव गोपालप्रसाद सिग्देललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकले स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व व्यापार सङ्गठन (डब्लुटिओ)को १२ औँ मन्त्री स्तरीय सम्मेलनमा भाग लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तै इन्टरपोलको ८९ औँ महासभामा भाग लिन स्वीकृति दिने निर्णय पनि भएको छ ।
त्यसैगरी विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया