उपत्यकाका जिल्ला प्रशासनकाे निर्णयप्रति गृह मन्त्रालयकाे आपत्ति

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुरले जारी गरेको आदेशप्रति आपत्ति जनाएको छ । उपत्यकाको दुई जिल्लाले कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रण गर्ने भन्दै विभिन्न आदेश जारी गरेको थियो ।
‘नेपालको संविधान, प्रचलित कानून र कोभिड १९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुने पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।
जिल्ला प्रशासनले घर बाहिर निस्कने, जम्मा हुने, सभा जुलुस गर्ने, भोज भतेरलगायत नगर्ने नगराउने, घरभित्रै बसेर चाड पर्व मनाउनेजस्ता आदेश जारी गरेको थियो । यस्तै, कूल सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, अनिवार्य रुपमा मास्क लगाउने, अनिवार्य रुपमा स्यानिटाइर प्रयोग गर्न आग्रह गरेको छ ।
गत वैशाख १६ गतेदेखि लागु भएको निषेधाज्ञा खुकुलो हुँर्दै गर्दा जिल्ला प्रशासनले केही कडाई गर्ने निर्णय गरेको हो ।


















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया