सीमानाकामा तालिमप्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गरिने

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालयले दशैँ–तिहारका लागि सीमानाकामा तालिमप्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । सीमा क्षेत्रमा पहिलोपटक कुकुरसहित सुरक्षाकर्मी परिचालन हुन लागेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले चाडपर्वका बेला अवाञ्छित गतिविधि हुन नदिन सीमानाकामा कुकुरसहित सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाइएको बताए ।
पश्चिमी सीमा नाका गड्डाचौकी र दक्षिण पूर्वी नाका गौरीफन्टामा कुकुरसहित प्रहरी परिचालन गर्न लागिएको हो । जिल्ला प्रहरी कार्यालयसहित मातहतका सबै प्रहरी युनिट दशैँ–तिहार सुरक्षाका लागि सक्रियरूपमा परिचालन गर्ने तयारमा प्रहरी कार्यालय लागेको छ । त्यसका लागि मातहतका सबै प्रहरी युनिटसँग छलफल अघि बढाइएको प्रवक्ता न्यौपानले बताए ।
प्रहरीले दशैँ–तिहारमा सीमानाकासहित पूर्व–पश्चिम राजमार्ग, बढी भीडभाड हुने ठाउँ, आपराधिक गतिविधि बढी हुने क्षेत्र, सार्वजनिक यातायातलगायतका क्षेत्रलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मिलाउँदै आएको छ । यस वर्ष पनि प्रहरी शान्ति सुरक्षाका लागि योजनाबद्धरूपमा अघि बढ्न लागेको हो । रासस
















बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
प्रतिक्रिया