एमाले र माओवादीको एकता ऐतिहासिक थियो : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी आफ्नो पार्टीले जनताको भावनानुसार काम गर्न सफल भएको बताएका छन् । शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको पहिलो विधान महाधिवेशनमा आफ्नो प्रतिवेदन पेश गर्दै यस्तो बताएका हुन् ।
यस्तै, महाधिवेशनमा बोल्दै ओलीले एमाले र नेकपा माओवादी केन्द्रको एकता ऐतिहासिक भएको बताए । उनले यो नेपालको राजनीतिक भूमिकामा एक ठूलो परिघटना भए पनि पूर्ण हुन नसकेको बताएका थिए ।
‘पार्टीको पहिलो महाधिवेशनमा नै महासचिवबाट पुष्पलाललाई हटाएसँगै विचलनको सुरु हुन पुगेको हो,’ महाधिवेशनमा बोल्दै उनले भने, ‘नेपाली कम्युनिष्ट आन्दोलको दुःखद, विघटन र विचलनको सुरु हुन पुग्यो ।’
उनले झापा विद्रोहबाट पहिलोपटक राजतन्त्रको विरुद्धमा आवाज उठ्न सुरु भएको समेत बताएका थिए ।
केही समय आफ्नो प्रतिवेदन पेश गरेका ओलीले आफू अस्वास्थ्य भएको भन्दै नेता शंकर पोखरेललाई आफ्नो प्रतिवेदन पेश गर्न दिएका थिए । उनले आफूलाई कठिन भएको भन्दै नेता पोखरेललाई बाँकी प्रतिवेदन प्रस्तुत गर्न दिएका हुन् ।















ड्रोन प्रकरणमा सियोलको स्वीकारोक्ति
राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित
राष्ट्रियसभमा : ‘विगतमा भएका परिवर्तन र प्रयासको मूल्याङ्कन हुनुपर्छ’
संसदमा खुश्बु ओलीको प्रश्न : सरकारले कुन आधारमा विदेशी ऋण स्वीकार गर्यो ?
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाली क्लाइम्बिङ टोली चीन जाने
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया