तथ्यांक संकलन गम्भीरतापूर्वक अघि बढाइँदैः पौडेल

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सरकारले तथ्यांक संकलनको कामलाई गम्भिरतापूर्वक अगाडि बढाइरहेको बताएका छन् ।
उपाध्यक्ष पौडेलले मुलुकलाई सुशासनको बाटोबाट अगाडि बढाउन पनि सरकारले तथ्यांक संकलनको कामलाई प्राथमिकतामा साथ अघि बढाएको तर्क समेत गरे ।
नेपाल उद्योग परिसंघले शुक्रबार काठमाडौंमा सार्वजनिक गरेको ‘इन्डष्ट्री स्टाटस रिर्पोट’ को सार्वजनिक गर्दै उनले केन्द्रिय तथ्यांक विभागलाई पनि यथार्थमा आधारित तथ्यांक संकलनको काममा जोड दिन सचेत गराए ।
उपाध्यक्ष पौडेलले तथ्यांकमा आधारित भएर शासन गर्नु नै सुशासन भएको स्मरण गराउँदै त्यस काममा उद्योगी व्यवसायीहरुको पनि ध्यान जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष सतीश मोरले उद्योग व्यवसाय संचालनका लागि विद्युतमा लगाइएको महशुल दर घटाउन सरकारसँग माग गरे ।
उनले विद्युत महशुल घटाउने काम सरकारले गरे नेपालको निर्यात व्यापार समेत बढेर जाने स्पष्ट पारे । पूर्वअध्यक्ष मोरले विद्युत महशुल सहुलियत दरमा सरकारले व्यवस्था गर्न नसक्दा नेपालले आयातित बस्तुमा निर्भर हुनुपर्ने अवस्था आएकोतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रको विकासका लागि सरकारले उद्योगधन्दाहरु संचालनका लागि उपयुक्त वातावरण निर्माण गर्नुपर्ने आवश्यक्ता औंल्याउँदै आएको छ ।
मुलुकको व्यापार घाटा कम गर्न र बेरोजगारी समस्या समाधान गर्न पनि सरकारले उद्योग व्यवसायमैंत्री वातावरण निर्माणमा ढिलाई गर्न नहुने पूर्वअध्यक्ष मोरको भनाई थियो ।










सुनको मूल्य तोलामा दुई हजारले घट्यो
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ
मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया