तथ्यांक संकलन गम्भीरतापूर्वक अघि बढाइँदैः पौडेल

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सरकारले तथ्यांक संकलनको कामलाई गम्भिरतापूर्वक अगाडि बढाइरहेको बताएका छन् ।
उपाध्यक्ष पौडेलले मुलुकलाई सुशासनको बाटोबाट अगाडि बढाउन पनि सरकारले तथ्यांक संकलनको कामलाई प्राथमिकतामा साथ अघि बढाएको तर्क समेत गरे ।
नेपाल उद्योग परिसंघले शुक्रबार काठमाडौंमा सार्वजनिक गरेको ‘इन्डष्ट्री स्टाटस रिर्पोट’ को सार्वजनिक गर्दै उनले केन्द्रिय तथ्यांक विभागलाई पनि यथार्थमा आधारित तथ्यांक संकलनको काममा जोड दिन सचेत गराए ।
उपाध्यक्ष पौडेलले तथ्यांकमा आधारित भएर शासन गर्नु नै सुशासन भएको स्मरण गराउँदै त्यस काममा उद्योगी व्यवसायीहरुको पनि ध्यान जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष सतीश मोरले उद्योग व्यवसाय संचालनका लागि विद्युतमा लगाइएको महशुल दर घटाउन सरकारसँग माग गरे ।
उनले विद्युत महशुल घटाउने काम सरकारले गरे नेपालको निर्यात व्यापार समेत बढेर जाने स्पष्ट पारे । पूर्वअध्यक्ष मोरले विद्युत महशुल सहुलियत दरमा सरकारले व्यवस्था गर्न नसक्दा नेपालले आयातित बस्तुमा निर्भर हुनुपर्ने अवस्था आएकोतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रको विकासका लागि सरकारले उद्योगधन्दाहरु संचालनका लागि उपयुक्त वातावरण निर्माण गर्नुपर्ने आवश्यक्ता औंल्याउँदै आएको छ ।
मुलुकको व्यापार घाटा कम गर्न र बेरोजगारी समस्या समाधान गर्न पनि सरकारले उद्योग व्यवसायमैंत्री वातावरण निर्माणमा ढिलाई गर्न नहुने पूर्वअध्यक्ष मोरको भनाई थियो ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द
आज लाग्दैछ दुर्लभ प्रकारको खण्डग्रास चन्द्रग्रहण
सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
प्रतिक्रिया