अखिल (क्रान्तिकारी)को केन्द्रीय समिति १९९ सदस्यीय राख्ने प्रस्ताव

काठमाडौँ । अखिल (क्रान्तिकारी)ले २५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने गरी सांगठनिक प्रस्ताव गरेको छ । क्रान्तिकारीको बिहीबारदेखि शुरु भएको २२औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रमा उक्त प्रस्ताव गरिएको अध्यक्षका प्रत्यासी रहेका प्रचारप्रसार समितिका संयोजक सुरेन्द्र बस्नेतले जानकारी दिए ।
सम्मेलनले एक अध्यक्ष, तीन खुला उपाध्यक्ष, चार समावेशी उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, प्रदेशबाट आठ सचिव, समावेशीवाट पाँच सचिव र एक कोषाध्यक्ष गरेर २५ सदस्यीय पदाधिकारी तथा १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने छ ।
बन्दसत्रमा नेकपा (माओवादी केन्द्र)का नेताहरु नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेतले समसामयिक राजनीतिक विषय र क्रान्तिकारीले अंगीकार गर्नु पर्ने शैक्षिक मुद्दा तथा आन्दोलनका बारेमा प्रशिक्षण दिएका थिए । त्यसअघि बन्द सत्रमा अध्यक्ष रञ्जित तामाङले २२औँ राष्ट्रिय सम्मेलन आयोजक समिति भंग गर्दै बन्द सत्र सञ्चालन गर्नका लागि मिलन एमसी, क्षितिज सापकोटा, सुमन थुलुङ, वीरबहादुर थापा, पेमा लामा, भोला यादव, सामना श्रेष्ठ, जागृति पौडेल र नग्मा माली रहेको नौ सदस्यीय अध्यक्ष मण्डल गठन गरेका थिए ।
बन्द सत्रको हलमा अध्यक्ष तामाङले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदन उपर छलफल गर्न विभिन्न जिल्ला मिलाएर ११ वटा समूह बनाइएको क्रान्तिकारीले जनाएको छ ।

















लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
कम्युनिष्ट एकता एमालेसहितको एकतामा पुग्ने अध्यक्ष दाहालको विश्वास
निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री अर्याल
काष्ठमण्डपको दुवै टोली सेमिफाइनलमा
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
प्रतिक्रिया