आजको राशिफल : आश्विन १७ गते आइतबार

आज २०७८ साल आश्विन महिनाको १७ गते आइतबार, आश्विन कृष्णपक्षको द्वादशी तिथि । आज सोह्रश्राद्धअन्तर्गत द्वादशी श्राद्ध रहेको छ ।
मेष
परिवारमा किचलो र बादबिबाद देखा पर्ने छ । बोलीको प्रभाव बढेता पनि मृदुभाषीपनाले गर्दा कम बोल्न मन लाग्ने छ । आम्दानीमा बृद्धि हुने छ । निर्माण सामग्री, फलामजन्य कारोवार, हार्डवेयर, सार्वजनिक सवारीसाधन, ग्यारेज जस्ता पेशामा आवद्धहरुलाई सकारात्मक नतिजा आउने छ ।
वृष
दोहोरो स्वाभाव भएको चरित्र हुने हुँदै अरुले विश्वासमा कमि आउने छ । कमाई औसत खालको रहने छ । रिस कडा खालको देखा पर्ने भएकाले संयमित रहनु होला । भाडाका सवारीसाधन, ग्रिल उद्योग, विषादीको कारोवार, रसायनिक फलको कारोवार, सार्वजनिक यातायात, श्रम जगतमा कार्यरतहरुलाई सकारात्मक हुने छ ।
मिथुन
दृढताले भरिएको व्यक्तित्व हुने भएता पनि मनमा दुविधाले सताउने छ । पैतृक सम्पत्ति र जम्मा भएको धन सम्पत्ति खर्च हुने चुनौति देखिन्छ । श्रम क्षेत्र, सेवा, नोकरी, सार्वजनिक सवारीसाधन, घर घडेरीको कारोवार, होटल, रेष्टुरेण्ट, डान्स बार जस्ता क्षेत्रमा संलग्नहरुलाई समय अनुकुल बन्ने छ ।
कर्कट
आफ्नो लक्ष्य प्रति केन्द्रीत र समर्पित हुने खालको स्वाभाव हुने छ । तर मनोबल कमजोर भएको लुलो व्यक्तित्व हुने हुँदा अरुले हेप्ने छन् । पेशागत क्षेत्र औसत रहने छ । भाग्यहिनताको आभाष हुने छ । अध्ययन अध्यापनमा मन केन्द्रीत हुने छैन् ।
सिंह
आफ्नो लक्ष्य प्रति दृढ रहने उर्जा प्राप्त हुनेछ । पेशागत क्षेत्रमा गुमाउने अवस्था आउने भएकाले संयमित रहनु होला । धेरै उत्साही भई जोखिमहरु मोलि हाल्ने भन्दा ठिक्क गतिमा चल्नु उपयुक्त हुने छ । अध्यापन, शिक्षण, धार्मिक वस्तुको कारोवार, स्टेसनरी, वकालत जस्ता पेशामा आवद्धहरुलाई अनुकुल हुने छ ।
कन्या
सोचे जति आम्दानी भने प्राप्त नहुने भएकाले सकारात्मक बनि अघि बढ्दै रहनु होला । भाग्यको साथ रहेकाले आम्दानीमा केही बृद्धि हुन पुग्ने छ । पेशागत जीवनमा सकारात्मक सुधारहरु देखा पर्ने छन् । स्टेसनरी, अध्यापन, शिक्षा क्षेत्र, व्यवस्थापन जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ ।
तुला
बोलीको प्रभाव पनि घट्न पुग्ने भएकाले संयमित भएर मात्र बोल्ने गर्नु होला । आम्दानीमा थोरै बृद्धि हुने छ । परिवारमा द्वन्द चर्किने छ । मनमा दुविधाले असाध्यै सताउने छ । उदासिनता देखा पर्ने छ । दाम्पत्य जीवनमा सुखमय अवस्था आउने छ ।
वृश्चिक
आम्दानी सोच जस्तो हुने छैन् वा अपेक्षा गरेका क्षेत्रबाट आम्दानी प्राप्त हुने छैन् । पेशागत जीवन औसत रहने छ । साझेदारीमा गरिएका कामहरुमा चनाखो रहनु होला । दृढ खालको व्यक्तित्व हुँदा कसैले पनि हेप्न सक्ने छैनन् । रिस भने नियन्त्रण गर्ने प्रयास गर्नु होला । दाम्पत्य जीवनमा बिबाद र द्वन्दले गर्दा नैशाश्यता बढाउने छ ।
धनु
मेहनत गरेर गरेर कमाएको कमाई अनुत्पादक क्षेत्रमा खेर जाने जोखिम देखिन्छ । बोलेर खाने पेशा, पत्रकारिता, लेखक, स्टेसनरी, छालाजन्य कारोवार, आदीमा संलग्नहरुलाई समय सकारात्मक रहेको छ । मनमा दोहोरो विचार निरन्तर आइ रहँदा निर्णय लिन नसक्ने व्यक्तित्व देखा पर्ने छ । अध्ययन अध्यापनमा पटक्कै मन लाग्ने छैन् ।
मकर
भाग्यले साथ नदिएकाले औसत अवस्थामा टिकि रहने प्रयास गर्नु नै उपयुक्त हुने छ । पेशागत जीवनमा सोचे जस्तो प्रगति नहुँदा निराशा छाउने छ । मनमा नकारात्मक विचारले सताउने छ । राजनीति, प्रशासन, बैंकिङ्ग क्षेत्र, व्यवस्थाकीय तह, वाणिज्य क्षेत्र आदीमा सहभागिहरुलाई फाइदा मिल्ने छ ।
कुम्भ
ज्ञानि स्वाभावको व्यक्तित्व हुने हुँदा अरुले कदर गर्ने छन् । आम्दानीमा केही बृद्धि हुन जाने छ । पेशागत जीवनमा धेरै जोखिम भन्दा जे जस्तो अवस्था छ त्यो कायम गर्न प्रयास गर्नु होला । पेशागत जीवनमा भने समस्याहरु आउने भएकाले सकभर बादबिबाद भन्दा संयमिताबाट अघि बढ्नु नै बुद्धिमानी हुने देखिन्छ ।
मीन
संयमित रही अघि बढ्नु पर्ने समय सक्रिय रहेको छ । पेशागत जीवनमा द्वन्द तथा बादबिबादले भरिएको हुने छ भने दुविधा देखिने छ । साझेदारीमा गरिएका काममा मनमुटावको अवस्था आउने छ । सुख सुविधाका साधन तथा वातावरण त्याग्नु पर्ने वा बेच्नु पर्ने जस्तो अवस्था आउने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८










रास्वपा केन्द्रीय समिति बैठक जारी, रवि पनि उपस्थित
सिएफमोटोको नयाँ ‘डुअल–स्पोर्ट’ मोटरसाइकल लन्च हुँदै, नेपालमा परिक्षण सुरु
बाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’
मिराज ढुंगानाले गरे आन्दोलनको घोषणा
दोहोरो अंकले घट्याे सेयर बजार
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया