एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पनि रहने, पदाधिकारीको संख्या १५ हुने

काठमाडौं । नेकपा एमालेले पार्टीमा एक अध्यक्ष एक वरिष्ठ सहित ५ उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र ७ सचिव सहित १५ पदाधिकारी रहने गरी प्रस्ताव पेश भएको छ । उपमहासचिव विष्णु पौडेलले विधान महाधिवेशनमा उठाएका सदस्यहरुले दिएको सुझावका आधारमा नयाँ परिमार्जित विधानको प्रस्ताव पेश गरेका हुन् ।
उठेका प्रश्नहरुको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले त्यसको जानकारी दिएका हुन् ।
एमालेमा वरिष्ठ नेताको यस अगाडी रहेको पदीय ब्यवस्था हटाईएको थियो । उपाध्यक्षमा वरिष्ठ उपाध्यक्ष राख्न महाधिवेशनमा प्रतिनिधीहरुले जोडदार माग गरेपछि वरिष्ठ उपाध्यक्षको पद थपिएको हो । यस अगाडी दुई जना उपमहासचिवको ब्यवस्था थियो । तर त्यसलाई विधान संसोधन प्रस्ताव ल्याउँदा त्यो पद हटाईएको थियो । तर अहिले एक जना उपमहासचिवको पद पनि थप गर्ने गरी उपमहासचिव विष्णु पौडेलले एमाले विधान महाधिवेशनको हलमा संसोधन प्रस्ताव ल्याएका हुन् ।
केन्द्रीय सदस्य हुन योग्यता संसोधन
एमालेको केन्द्रीय सदस्य हुनका लागि तोकिएको योग्यतामा पनि संसोधन प्रस्ताव पेश भएको छ । यस अगाडी केन्द्रीय सदस्य हुन पार्टी सदस्य भएको १५ वर्ष हुनुपर्ने भन्ने प्रावधान हटाएर १० वर्ष कायम गरिएको छ । त्यस्तै केन्द्रीय सदस्य बन्नका लागि केन्द्रीय निकायको सदस्य भएको वा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य भएको व्यक्ति योग्य हुने गरी संसोधन भएको छ ।
स्थायी समितिको संख्या वढ्ने
एमालेको स्थायी समिति ४१ सदस्यीय हुने भनिएको थियो । तर अहिले ४ जनाको संख्या थप गरेर ४५ सदस्यीय बनाइने भएको छ ।
प्रदेश किमिटमा ५० आधार अंक बनाई प्रति निर्वाचन क्षेत्र बराबर ५ जना थप गर्ने गरी प्रदेश कमिटिको संख्या निर्धारण हुने गरी विधान संसोधन प्रस्ताव पेश गरेका छन् । उपत्यकाको विशेष प्रदेशमा ५० जना र प्रत्येक विभागबाट थप ५ जना थप गरेर संख्या तय हुने गरी र्धिारण गरिएको उपमहासचिव विष्णु पौडेलले बताए ।
जिल्ला कमिटिमा पनि ५० जना आधार अंक हुने र प्रदेश निर्वाचन क्षेत्रमा १५ जना थप गरेर संख्या तय हुने पौडेलले बताए ।
उपमहासचिव पौडेलले सहभागीको सुझावलाई ध्यान दिँदै नयाँ पुस्तालाई पनि नेतृत्वमा विकास गर्न ४५ सदस्यीय स्थायी कमिटी बनाइने बताए । यसअघि ४१ सदस्य भनिएको थियो ।

















फोर्थिङ ‘एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे ईभी’ अफर सार्वजनिक, ७ लाखसम्मको विशेष योजना
जिलीको अत्याधुनिक ‘सर्ट ब्लेड’ ब्याट्री अब नेपालमा, ईएक्स ५ मार्फत उपलब्ध
Chhayanath Rara Municipality approves Procedures on Labour Bank
मधेश बलियो भए मात्रै मुलुकमा संघीयता सुरक्षित रहन्छ : उपेन्द्र यादव
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले भने – निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नू
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ
प्रतिक्रिया