माइत जान हिडेकी रामकली मृत भेटिइन्
मेरोन्यूज
२०७८ असोज १७ गते १९:१३

काठमाडौं । आइतबार सल्यान जिल्लाको को बाग्चौर नगरपालिका स्थित एक महिला मृत अवस्थामा फेला परेकी छन् । बाग्चौर नगरपालिका २ गैरी घर भएकी अन्दाजी ५४ वर्षीया रामकली खत्री ठाटीचौरको कच्ची सडकमा मृत अवस्थामा फेला परेकी हुन् ।
प्रहरीका अनुसार शनिवार अपराह्न करिब ५ बजेतिर घरबाट माइत जान्छु भनेर हिँडेकी खत्री घरदेखि करिब एक किलोमिटर दूरीमा पर्ने ठाटीचौर नजिकै सडकमा मृत अवस्थामा भेटिएकी हुन् ।
महिलाको शवलाई नउठाइकन सुरक्षाकर्मीको घेरा लगाएर राखिएको छ । तालिमप्राप्त कुकरबाट अनुसन्धान भएपछि मात्र शव उठाएर पोष्टमार्टम् गरिने बताईएको छ ।
थप अनुसन्धानका लागि कोहलपुरबाट तालिमप्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित








राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया