नाँच्दै गाउँदै बिदा भए एमाले कार्यकर्ता (फोटोफिचर)

काठमाडौं । नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित गर्दै आइतबार सकिएको छ ।
शुक्रबारदेखि तीन दिनसम्म चलेको विधान महाधिवेशनले राजनीतिक र साङ्गठनिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।
अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले आफ्ना प्रतिवेदनमाथि उठेका सवालमा जवाफ दिएपछि हलले सर्वसम्मतरूपमा ती प्रतिवेदन पारित गरेको हो ।
बन्दसत्रले यसअघि उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पारित गरेको थियो ।
महाधिवेशनमा स्थायी कमिटी सदस्य रघुजी पन्थले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए ।
हलमै नाचगान
एमाले विधान महाविधेशनको अन्तिम दिन महाधिवेशन हलमा कार्यकर्ताहरु नाँचगान गरे ।

हलमै गीत गाएर कार्यकर्ताहरुले नाचगान गरेका थिए । अन्तिम दिन नाचगान गरेर रमाइलो गर्दै देशैभरबाट जम्मा भएका कार्यकर्ताहरु विदा भएका छन् ।
महाधिवेशनले डा विजय सुब्बाको अध्यक्षतामा १४ सदस्य केन्द्रीय निर्वाचन आयोग गठन गरेको छ । महाधिवेशनले पार्टीको लोगो परिमार्जन गरेको छ भने आइतबार नै एप्सको शुभारम्भ गरिएको थियो ।






जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया