अझै क्रियाशील सदस्यता नटुंगिनु विडम्बनाः सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशनको प्रक्रिया शुरु भइसके पनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी रहनु बिडम्बना भएको बताएका छन् ।
गाउँ तथा नगरअधिवेशन सम्पन्न भइसक्दा पनि कांग्रेसको चार वटा जिल्लामा अझै पनि क्रियाशील सदस्यताको टुंगो लागिसकेको छैन ।
सोमवार नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको नेतृत्व चयनपछि पदाधिकारीहरुलाई बधाइ दिँदै सिंहले महाधिवेशनको प्रक्रिया शुरु भइसके पनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी रहनु बिडम्बना भएको बताए ।
उनले पार्टीका केन्द्रिय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगरमै जिल्ला कार्यसमितिको निर्णयलाई लत्याएर एकलौटि निर्णय भएको भन्दै डेमोक्रेटिक पार्टी नेपाली काँगेसमा अनडेमोक्रेटिक गतिविधि हुन थालेको बताए ।
उनले अबको महाधिवेनबाट युवा पुस्ताले पार्टीको नेतृत्वलाई सम्हाल्ने आश राखेको पनि बताए । नेता सिंहले पार्टीका केही व्यक्तिहरु पार्टी भित्र भएका अनडेमोक्रेटिक कुराहरुको बिरोधमा बोल्नु नहुने भनेर स्यालको हुलियाजस्तो कराइरहेको बताए ।
नेता सिंहले केही नेताहरुले पदमा पुगेकाहरुको गुनगान गाउने र चाकडी गर्ने प्रवृत्ति ठीक नभएको गुनासो गरे । उनले १३ औँ महाधिवेशनपछि पार्टीमा भएका कमीकमजोरीहरुलाई १४ औँ महाधिवेशनपछि सुधार गर्ने प्रतिवद्धता जनाए ।










एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्तो छ आजका लागि कृषि उपजको मूल्य
यस्तो छ आजको मौसम पूर्वानुमान
धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया