अझै क्रियाशील सदस्यता नटुंगिनु विडम्बनाः सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशनको प्रक्रिया शुरु भइसके पनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी रहनु बिडम्बना भएको बताएका छन् ।
गाउँ तथा नगरअधिवेशन सम्पन्न भइसक्दा पनि कांग्रेसको चार वटा जिल्लामा अझै पनि क्रियाशील सदस्यताको टुंगो लागिसकेको छैन ।
सोमवार नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको नेतृत्व चयनपछि पदाधिकारीहरुलाई बधाइ दिँदै सिंहले महाधिवेशनको प्रक्रिया शुरु भइसके पनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी रहनु बिडम्बना भएको बताए ।
उनले पार्टीका केन्द्रिय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगरमै जिल्ला कार्यसमितिको निर्णयलाई लत्याएर एकलौटि निर्णय भएको भन्दै डेमोक्रेटिक पार्टी नेपाली काँगेसमा अनडेमोक्रेटिक गतिविधि हुन थालेको बताए ।
उनले अबको महाधिवेनबाट युवा पुस्ताले पार्टीको नेतृत्वलाई सम्हाल्ने आश राखेको पनि बताए । नेता सिंहले पार्टीका केही व्यक्तिहरु पार्टी भित्र भएका अनडेमोक्रेटिक कुराहरुको बिरोधमा बोल्नु नहुने भनेर स्यालको हुलियाजस्तो कराइरहेको बताए ।
नेता सिंहले केही नेताहरुले पदमा पुगेकाहरुको गुनगान गाउने र चाकडी गर्ने प्रवृत्ति ठीक नभएको गुनासो गरे । उनले १३ औँ महाधिवेशनपछि पार्टीमा भएका कमीकमजोरीहरुलाई १४ औँ महाधिवेशनपछि सुधार गर्ने प्रतिवद्धता जनाए ।

















कम्युनिष्ट एकता एमालेसहितको एकतामा पुग्ने अध्यक्ष दाहालको विश्वास
निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री अर्याल
काष्ठमण्डपको दुवै टोली सेमिफाइनलमा
पेप्सीकोलामा बसबाट खसेर वृद्धको मृत्यु
फोर्थिङ ‘एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे ईभी’ अफर सार्वजनिक, ७ लाखसम्मको विशेष योजना
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
प्रतिक्रिया