पदीय मर्यादालाई न्याय गर्ने प्रण गर्छु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्नीप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारी पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद अवरुद्ध पारिरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
संघीय संसद सचिवालय कर्मचारी युनियनले विजया दशमी, दिपावली, नेपाल संवत र छठ पर्वको अवसर पारेर सोमबार सिंहदरबारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले इतिहासले आफूलाई संघीय संसदको नेतृत्व गर्ने अवसर प्रदान गरेको बताउँदै पदलाई न्याय गर्नु पर्छ भनेर लागेको बताए । उनले संसदको कार्यभार असाधारण र असमान्य भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न सबैलाई एकताबद्ध हुन आह्वान गरे ।
‘हामीले जुन प्रण गरेका छौँ संघीय संसदलाई जीवन्त र जनमुखी बनाउने, त्यो सुत्र वाक्यलाई मैले त सधैभरि दिल र दिमागमा राखेर कार्यरुप दिन सकियोस् भनेर प्रयास गरिरहेको छु, संघीय संसदको कार्यभार असामान्य र असाधारण छ, यी जिम्मेवारी पूरा गर्नका लागि हामी एकतावद्ध होऔँ,’ उनले भने, ‘हाम्रो युनियनले त्यतातिर पहल गरिरहेको छ, अहिले मलाई इतिहासले संघीय संसदको नेतृत्वमा, प्रतिनिधिसभाको सभामुखमा लगेर राखेको छ, म यो पदको लागि न्याय गर्नुपर्छ भन्ने कुरामा भित्रैदेखि प्रण गरिरहेको छु ।’
सभामुख सापकोटाले गुणस्तरीय कानुन बनाउने र त्यसको कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने कामलाई पनि आफूले दृढताका साथ अगाडि बढाइरहेको दाबी गरे । उनले दर्शन शास्त्रलाई उदृृत गर्दै विवेक र चेतनाको संयोजनबाट मात्रै सही निर्णय लिन सकिने धारणा राखे ।

















Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
रूसमाथि इयूको पछिल्लो प्रतिबन्धको प्याकेज रोक्ने हङ्गेरीको चेतावनी
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
प्रतिक्रिया