अखिल क्रान्तिकारीको बन्दसत्रमा नाराबाजी र तोडफोड

काठमाडौं । माओवादी विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको अन्तिम दिन बन्दसत्रमा प्रतिनिधिहरुले नाराबाजी र तोडफोड गरेका छन् ।
बन्द सत्रमा अध्यक्ष र १ सय ९९ सदस्यीय केन्द्रीय समिति मात्रै घोषणा गरिएपछि विद्यार्थी प्रतिनिधिहरु असन्तुष्ट बनेका हुन् ।
असन्तुष्ट विद्यार्थीहरुले पार्टी नेतृत्व विरुद्ध नाराबाजी गर्नुका साथै बन्दसत्रका कुर्चीहरु तोडफोड गरेका छन् ।
विद्यार्थीहरु बन्दसत्रमै नाराबाजी र तोडफोडमा उत्रिएपछि सुरक्षाकर्मी प्रवेश गरी विद्यार्थीहरुलाई रोकेको थियो ।
संगठनको नेतृत्वका लागि महत्वाकांक्षी धेरै भएपछि महिला नेतृ पञ्चा सिंहलाई अध्यक्ष चयन गर्दै अन्य महत्वाकांक्षी सबैलाई पार्टीकै केन्द्रीय सदस्य मनोनित गरिएको थियो ।
अध्यक्षबाहेक अन्य पदमा पनि महत्वाकांक्षी धेरै भएपछि १ सय ९९ सदस्यीय केन्द्रीय समिति मात्रै बनाइएको थियो ।
सोमबार मात्रै महासचिवमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई चयन गर्ने सहमति भएको थियो ।
यसअघि नरेश रेग्मीलाई महासचिव बनाइएको समाजिक सञ्जालमा छाएको थियो ।

















जिलीको अत्याधुनिक ‘सर्ट ब्लेड’ ब्याट्री अब नेपालमा, ईएक्स ५ मार्फत उपलब्ध
Chhayanath Rara Municipality approves Procedures on Labour Bank
मधेश बलियो भए मात्रै मुलुकमा संघीयता सुरक्षित रहन्छ : उपेन्द्र यादव
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले भने – निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नू
वैदेशिक रोजगार सुरक्षित बनाउन गाउँगाउँमा सचेतना अभियान
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ
प्रतिक्रिया