साफ च्याम्पियनशीपः भारत र बंगलादेश बराबरीमा रोकियो
मेरोन्यूज
२०७८ असोज १८ गते १९:५१

काठमाडौं । साफ च्याम्पियनशीपको सोमवार भारत बंगलादेशबीचको खेल बराबरीमा रोकिएको छ ।
सोमबार साँझ भएको खेलमा भारत र बंगलादेश एक एकको बराबरी खेलेपछि अंक बाँडेका छन् ।
दोस्रो हाफको ५४ मिनेटमा बंगलादेशका विश्वनाथ घोसले रातोकार्ड पाएपछि बंगलादेश १० खेलाडीमा सीमित भएको थियो ।
सात पटकको च्याम्पियन भारत १० खेलाडीमा सीमित बंगलादेशसँग बराबरीमा रोकिएपछि एक एक अंक बाँड्न बाध्य भएका हुन् ।
भारतका लागि कप्तान सुनील क्षेत्रीले २६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा एक खेलाडीले रातो कार्ड पाएर बाहिरिएपछि १० खेलाडीमा सिमित भएको बंगलादेशले ७४ औं मिनेटमा यासिन अराफले गोल गरी बराबरी बनाए ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया