आईपीएलमा दिल्ली शीर्षस्थानमा
मेरोन्यूज
२०७८ असोज १९ गते ६:४५

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स अंकतालिकाको शीर्षस्थानमा पुगेको छ । दुबईमा गएराति भएको खेलमा चेन्नई सुपर किङ्ग्सलाई हराउँदै दिल्ली अंकतालिकाको शीर्षस्थानमा पुगेको हो ।
दिल्लीले चेन्नईलाई ३ विकेटले हराएको थियो । चेन्नईले दिएको १ सय ३७ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पुरा गरेको थियो । पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।
दिल्लीको जितमा शिखर धवनले ३९ रन तथा सिम्रन हिटमायरले अविजित २८ रन जोडे । चेन्नईका रविन्द्र जडेजा र शार्दुल ठाकुरले २र२ विकेट लिए । दिल्लीको १३ खेलमा २० अंक छ भने १८ अंक रहेको चेन्नई दोस्रो स्थानमा छ ।
सम्बन्धित

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
प्रतिक्रिया