कांग्रेस जिल्ला अधिवेशन : १० जिल्लाको नतिजा आउँदा पौडेल पक्षको अग्रता, देउवा पक्ष कमजोर

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूमा नेता रामचन्द्र पौडेल समूहले अग्रता कायमै राखेको छ । सुरुदेखि नै अग्रता बनाएको पौडेल समूहले १० जिल्लाको अधिवेशनको नतिजा आउँदासम्म अग्रतालाई कायमै राखेको हो ।
अहिलेसम्म अधिवेशनको नतिजा प्रकाशित हुँदा पौडेल समूहले ६ जिल्लामा नेतृत्व हात पारेको छ । यस्तै, संस्थापन पक्ष अर्थात प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा समूहले ४ जिल्लामा नेतृत्व हात पारेको छ ।
कांग्रेसले दसैँअगाडि २१ हिमाली लिल्लाको अधिवेशन सम्पन्न गर्ने तयारी गरिरहेको छ । त्यसमध्ये १० जिल्लाको नतिजा आउँदासम्म पौडेल समूहले अग्रता कायम गरेको हो ।
संस्थापन समूहबाट मनाङमा शंकर गुरुङ, हुम्लामा मोहनविक्रम सिंह, ताप्लेजुङमा गजेन्द्र तुम्याहाङ र रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् ।
त्यस्तै, पौडेल समूहबाट मुस्ताङमा रोमी गौचन थकाली, कालिकोटमा अम्मबहादुर शाही, रुकुम पूर्वमा केशरमान रोका, संखुवासभामा दीपक खड्का, गोरखामा नन्दप्रसाद न्यौपाने र दोलखामा बर्मा लामा निर्वाचित भएका छन् ।
यसले पौडेल समूह एक भए देउवालाई सभापतिमा गाह्रो हुने संकेत देखाएको छ । जिल्ला निर्वाचन सम्पन्न भएका जिल्लाहरूमा महाधिवेशन प्रतिनिधि भने कसको पक्षमा धेरै आएका छन् भन्ने अहिलेसम्म एकीन हुन सकेको छैन ।

















Dhading bus accident: Manandhar trapped in bus carcass rescued alive after five hours
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
सेयर बजारमा सामान्य सुधार
धनुषामा सवारी दुर्घटनामा परी ट्राफिक प्रहरीको मृत्यु
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
प्रतिक्रिया