सवारी दुर्घटनामा दुईको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लायन्स क्लब चोकमा सवारी दुर्घटनामा परेर गए राति दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इनरुवा–२ का २५ वर्षीय सुशान्त भट्टराई र सङ्खुवासभा चिचिला–२ का २० वर्षीय विभिषण विक रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२०प ६७४७ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना६ख ५६८१ नम्बरको ट्रकले ठक्कर दिँदा दुवै जना गम्भीर घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि कोशी अस्पताल विराटनगर लैजाने क्रममा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव परीक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ । ट्रक र चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–९ का ३१ वर्षीय अर्जुन गिरी प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
कुलमान घिसिङले गरे मतदान
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
प्रतिक्रिया