बागमती प्रदेशमा तोकियो गाडीको नयाँ भाडादर

काठमाडौँ । बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । प्रदेश सरकारले काठमाडौँ उपत्यकाबाहेक प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनमा २३ प्रतिशतले भाडादर वृद्धि गरेको हो ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले लागू गरेको भाडा दरअनुसार काठमाडौँ उपत्यकामा चल्ने यातायातका साधनमा पाँच किमी दूरीसम्मको भाडा १८ रुपैयाँ कायम गरिएको छ । दश किमीसम्मको २३ रुपैयाँ, १५ किमीसम्मको २७ रुपैयाँ, २० किमीसम्मको ३० रुपैयाँ र २० किमीभन्दा माथिको ३५ रुपैयाँ कायम गरिएको बताइएको छ ।
त्यस्तै भाडामा यात्रुले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म पाँच रुपैयाँका दरले सरसामान वा गुन्टा साथमा लैजाने पाउने कायम गरेको जनाइएको छ । मन्त्रालयका सचिव अशोक शाहद्वारा जारी विज्ञप्तिमा उक्त भाडादर यही कात्तिक १ गतेदेखि लागू हुने बताइएको छ ।










उपमहासचिवमा लेखराज, योगेश र रघुवीर विजयी
एमाले महासचिवमा शंकर पोखरेल विजयी, पाण्डे दोस्रोपटक पराजित
एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
प्रतिक्रिया