धनकुटाबाट नक्कली नोट कारोबार गर्ने ६ जना पक्राउ
काठमाडौँ । नक्कली नोट कारोबारको आरोपमा प्रहरीले धनकुटाबाट ६ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका १ हिलेका वर्ष २६ का विशाल तामाङ, सोही स्थानका वर्ष २४ का सोनम तामाङ, महालक्ष्मी नगरपालिका ८ का वर्ष २६ का सुमन खड्का, वडा नं। ९ का वर्ष २४ का तुलसी तामाङ र वर्ष २१ विकाश तामाङ तथा ताप्लेजुङको याङबरक गाउँपालिका ४ का वर्ष २६ का छितेन तामाङ रहेका छन् ।
असोज ११ गते धनकुटाको मुलघाटबाट २८ हजार नक्कली नोटसहित प्रहरीले विशाल र छितेनलाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा प्रहरीले थप अरूलाईसमेत पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई नक्कली नोटको प्रयोग गराउन लगाउने अर्का एक युवालाई पनि प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ परेकालाई जिल्ला अदालत धनकुटामा खोटा मुद्राअन्तर्गतको मुद्दा दायर गरी अदालतबाट म्याद थप गरी थुनामा राखिएको प्रहरीले जनाएको छ । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस
Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
युक्रेनी ड्रोन आक्रमणबाट रुसमा २४ जनाको मृत्यु
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया