जबर्जस्ती करणीबाट युवतीको मृत्यु, दाहसंस्कार हुँदै गर्दा नियन्त्रण
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्साले दाहसंस्कार गर्न तयारी गरिएको शवलाई नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका १३ मुर्ली कब्रस्तानबाट दाहसंस्कार गर्न लगिएको एक युवतीको शव नियन्त्रणमा लिएको हो ।
प्रहरीले जबर्जस्ती करणीबाट युवतीको मृत्यु भएको भन्दै नियन्त्रणमा लिएको हो । जबर्जस्ती करणीबाट अत्यधिक हुँदा युवतीको मृत्यु भएसँगै घटना लुकाउन लागेको भन्दै प्रहरीले बिहीबार शव शव नियन्त्रणमा लिएको जनाइएको छ ।
शव वीरगञ्जको नारायणी अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको पर्सा प्रहरीले जानकारी दिएको छ । भारत बिहारको पश्चिमी चम्पारणस्थित इनर्वानिवासी किशोरी जगरनाथपुर गाउँपालिका निवासी भिनाजुको घरमा बस्दै आएकी थिइन् ।
मृतक किशोरीको घाँटीमा डाम देखिएको छ । घटनाको अन्य कुराहरू पोस्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान हुने जिल्ला प्रहरीले जनाएको छ ।















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया