कांग्रेसबाट मन्त्रीको नाम टुंगियो, कानूनमन्त्री सञ्चारमा (सूचिसहित)

काठमाडौं । नेपाली कांग्रेसकातर्फबाट सरकारमा सहभागी हुने नेताको नाम टुंगो लागेको छ ।
कांग्रेसबाट शुक्रबार डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी र उमाकान्त चौधरी मन्त्री बन्ने भएका छन् ।
सरकारका प्रवक्ता बनाइएका कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाइने भएको छ ।
कांग्रेसको भागमा प्रधानमन्त्रीसहित नौ मन्त्री परेको छ । ती मध्ये ७ मन्त्री र एक राज्यमन्त्री परेको छ ।
यसअघि तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् । कांग्रेसको भागमा परेको खानेपानी मन्त्रालयको नेतृत्व उमाकान्त चौधरीले गर्ने भएका छन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी हुने निश्चित भएको छ ।
यसअघि स्वास्थ्य राज्यमन्त्री बनाइएका उमेश श्रेष्ठलाई भने प्रधानमन्त्री एवम् मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ ।
कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्रमन्त्री भइसकेका छन् ।

















प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया