सिभिल समुहका अध्यक्ष तामाङविरुद्ध ३ सय ७५ जनाले दिए उजुरी
मेरोन्यूज
२०७८ असोज २२ गते १८:४५

काठमाडौं । सिभिल समुहका अध्यक्ष इच्छाराज तामाङविरुद्ध ३ सय ७५ जनाले उजुरी दिएका छन् । अध्यक्ष तामाङबाट ठगिएका ३ सय ७५ जनाले प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा उजुरी िदएका हुन् ।
सिआईबीका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) श्याम कुमार महतोका अनुसार शुक्रबारसम्म मात्रै ३ सय ७५ जना पीडितहरुले तामाङसहित पक्राउ परेका १२ जना विरुद्ध ठगीको जाहेरी दिएका छन् । शुक्रबारसम्म १ अर्ब ७५ करोड ३६ लाख भन्दा बढी रकम ठगिएको भन्दै बचतकर्ताहरुले उजुरी दिएको प्रवक्ता महतोले जानकारी दिए ।
सिभिल सहकारीका अध्यक्ष तथा ऋण शाखाको प्रमुख केशवलाल श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले बचतकर्ताहरुको ८ अर्बभन्दा बढी बचत रकम हिनामिना गरेको आरोपमा उनीहरु दुई जनासहित १२ जनालाई सिआइबीले पक्राउ गरेको थियो ।
सम्बन्धित















स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकियो
‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको अक्सनमा सन्दीप लामिछाने ‘अनसोल्ड’
विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति
लागुऔषधसहित एक्काइस जना पक्राउ
स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
प्रतिक्रिया