गाडी भाडा खारेज गर्न माग

काठमाडौँ । वाग्मती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरी बृद्धि गरेकामा उपभोक्ताले आपत्ति जनाएका छन् । चाडबाड मुखमा आम उपभोक्ताको ढाड सेक्ने गरी बिना आधार भाडा वृद्धि गरिएको ललितपुर महानगरपालिका–१० का स्थानीयवासी श्याम महर्जनले गुनासो गरेका छन् । सरकारले वैज्ञानिक भाडादर लागू गरेको भनिएपनि यातायात व्यवसायीको इच्छामा भाडा वृद्धि हुने गरेको उहाँले आरोप लगाएका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी कात्तिक १ गतेदेखि लागू हुने जनाउँदै दसैँअघि नै भाडा बढाएको हो । कात्तिक १ गतेदेखि लागू हुने भनिए पनि बुधबार भाडा बढाएका आधारमा बिहीबारदेखि नै सार्वजनिक यातायातमा भाडा असुली हुन थालेको छ ।
तेइस प्रतिशतसम्म भाडा वृद्धि भएको प्रदेश सरकारले विज्ञप्तिमार्फत सार्वजनिक गरेपनि व्यवसायीले भने सके जति भाडा असुलेको यात्रु रमेश पुडासैनीले बताए । प्रदेश सरकारले भाडा वृद्धि गर्ने तर अनुगमन भने नगर्ने गैरजिम्मेवार काम गरेको उनको गुनासो छ ।
प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू गर्ने जनाउँदै असोज २० गते बुधबार २३ प्रतिशतसम्म भाडा वृद्धि गरेको हो । व्यवसायीको इच्छामा भाडा वृद्धि गरेकाले खारेज गरिनुपर्ने यात्रु इन्द्रमाया तामाङले बताए। गत असार २७ गते अन्तर प्रदेशको भाडा वृद्धि गरिएको थियो । प्रदेशभित्र भाडा वृद्धि गर्ने अधिकार भने नयाँ संरचना अनुसार प्रदेश सरकारलाई दिइएको छ ।
प्रदेश १ सरकारले यसअघि नै भाडा समायोजन गरेको छ । अन्य प्रदेशमा सार्वजनिक यातायातको भाडा समायोजन गरिएको छैन ।उपभोक्ता मञ्चका केन्द्रीय सदस्य रोशन पोखरेलले सार्वजनिक यातायातको क्षेत्रमा वृद्धि गरिएको भाडादर फिर्ता लिन माग गरे ।









प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच के भयाे कुराकानी ?
मुख्य न्यायाधिवक्ता महतो पदमुक्त
क्षतिग्रस्त सिंहदरबार अवलाेकन गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्- चाँडै पुनःनिर्माण हुनेमा विश्वास छ (भिडियाे)
जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
प्रतिक्रिया