‘हातको शल्यक्रियामा हाडजोर्नी र प्लास्टिक सर्जनको ज्ञान आवश्यक पर्छ’

काठमाडौं । हात मानव जीवनको महत्वपूर्ण अंग हो । यदि, हातमा ठूलो चोटपटक लागेमा अर्थोपेडिक हाडजोर्नी र प्लास्टिक सर्जन दुवैको ज्ञान र सीप आवश्यक भएका चिकित्सकबाट उपचार गराउनु पर्छ । यसमा थप उपचार होइन, पुनःसंरचना हुन्छ ।
यसका लागि दुवै विशेषज्ञको ज्ञान हुनु पर्छ । हातमा चोटपटक लाग्यो भने पेसाबाट विस्थापित हुनु पर्ने अवस्था आउन सक्छ । यस्ता बिरामीलाई ह्यान्ड सर्जनको उपचारबाट सामान्य अवस्थामा फर्काउने वा सकेसम्म पहिलेको पेसामा फर्काउने तहको उपचार हुन्छ ।
काम गर्ने हातले हो । हाम्रो जस्तो देशमा काम गर्ने सिलसिलामा धेरै चोटपटक लाग्न सक्छ । यसलाई ह्यान्ड एन्ड रिकन्सट्रक्सन अर्थोपेडिक सर्जरी पनि भनिन्छ ।
नेपालमा ह्यान्ड सर्जनहरु निकै कम छन् । नेपालमा ह्यान्ड सर्जनको बारेमा राम्रो जानकारी छैन । हातका समस्या लिएर ह्यान्ड सर्जन भएको ठाउँमा आउने बिरामीहरु कमै हुन्छन् । ह्यान्ड सर्जन के हो भनेर धेरैलाई अन्योल देखिएको छ ।
जन्मजात ६ वटा औँला भएमा, औँलाहरू मोटो–मोटो हुने, औँलाहरू बांगोटिंगो हुने, चोट लाग्दा पनि उपचार नगरी बस्ने समस्या पनि हुन्छ ।
अर्को सेरेब्रलपल्सी (जन्मजातै मष्तिष्कमा चोट लागेको) अवस्थामा हातहरू कडा हुन्छन् । हड्डीको ट्युमर, हातमा आउने डल्लो, गाँठो, रगतको नसामा आउने समस्या, गर्धनको नसा चुँडिएमा शल्यक्रिया गरिन्छ ।
उमेर पुग्दै गएपछि हड्डीहरु खिएर जान्छ । अन्य विधामा जसरी नै हामीले यसको पनि विधा छुट्याउने गरेका हुन्छौँ । चोटपटक लागेर वा हातको औला काटिएर आउने र आकस्मिक कक्षमा आउने गरेका छन् । दुर्घटना भए घाँटीबाट हातसम्मका नसा चुडिन्छ । पहिला पहिला यस्तो शल्यक्रिया गरिदैन थियो । अहिले गर्न थालिएको छ ।
थप भिडियोमा,
(राष्ट्रिय ट्रमा सेन्टरकी ह्यान्ड सर्जन डा. श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित, फोटो भिडियो : जुलीगिरी)















अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
काठमाडौं पिंक केयराथन २०२६ सम्पन्न
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया