राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न खेल सङ्घहरूलाई मन्त्री गुरुङको आग्रह

कास्की । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले गण्डकी प्रदेशमा यसै वर्ष आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न खेल सङ्घहरूलाई आग्रह गरेका छन् ।
कास्की जिल्ला बक्सिङ सङ्घको नवनिर्वाचित पदाधिकारीको आज पदस्थापन कार्यक्रममा उनले राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले खेल सङ्घहरुको तयारीका लागि बजेट विनियोजन गरेकाले तयारी सुरु गर्न आग्रह गरे । प्रदेश सरकारले तयारीका लागि रु ५० लाख बजेट विनियोजन गरेको मन्त्री गुरुङले जानकारी दिए।
नवौँ राष्ट्रिय खेलकुद यही वर्ष आगामी फागुनमा आयोजना गर्ने योजना राष्ट्रिय खेलकुद परिषद्को छ । गत वर्ष फागुन अन्तिम साता प्रतियोगिताको मिति तोकिएकामा कोभिड–१९ का कारण स्थगन गरिएको थियो । खेलकुदमन्त्री गुरुङले खेलकुदभित्र राजनीतिकरण गर्न नहुनेमा जोड दिए । उनले भने, “खेलकुदभित्र राजनीतिकरण हुनुहुँदैन, सबै अट्नुपर्दछ ।” प्रदेशका सबै जिल्लामा फुटबलबाहेक अन्य खेलको अवस्था दयनीय भएको उल्लेख गर्दै अन्य खेलको विकास गर्नुपर्नेमा जोड दिए ।
प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले प्रदेशमा केवल सात÷आठवटा खेलको मात्रै प्रशिक्षक रहेकाले अब तत्कालै पदक जित्ने खेललाई प्राथमिकतामा राखेर प्रशिक्षक व्यवस्था गरिने बताए । सङ्घका अध्यक्ष सुमन श्रेष्ठले प्रशिक्षकसँगै प्रशिक्षणको लागि ग्लोब्स, हेडगार्ड, किक ब्याग, पन्चिङ ब्यागलगायतका सामान आवश्यक रहेको बताए। गण्डकी प्रदेशको ११वटै जिल्लामा प्रशिक्षक नभएकाले तत्कालै प्रशिक्षण सुरु गर्न अप्ठ्यारो रहेको बताए।









रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की
बुधबार ९ अंकले बढ्यो नेप्से, काराेबार रकम कति ?
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
प्रतिक्रिया